फेरि भूकम्प आउने त्रासमा छन् बाजुराका बासिन्दा

फेरि भूकम्प आउने त्रासमा छन् बाजुराका बासिन्दा

बाजुरा : बाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि स्थानीयहरू त्रसित बनेका छन्। मंगलबार दिउँसो बाजुराको मेलामा ५.९ रेक्टरस्केलको भूकम्प गएपछि स्थानीहहरू त्रसित भएका हुन्। भूकम्पपछि ढुंगा खसेर एक जनाको मृत्युसमेत भएको छ। भूकम्पका कारण धेरै घरहरू चर्किएका छन्। फेरि भूकम्प आउने हुन् कि भन्दै स्थानीयहरू त्रसित रहेको जनप्रतिनिधिहरूले बताएका छन्।

बडिमालिका-९ का बासिन्दाहरू भूकम्पका कारण घरहरू चर्किएपछि पाल टाँगेरमा बसेका छन्। फेरि भूकम्प आउने डरले उनीहरू घर बाहिर पाल टाँगेर बसेका हुन्। क्षति पुगेको स्थानमा प्रहरी र जनप्रतिनिधहरूले विवरण संकलन गरेका छन्। विवरण संकलनपछि राहत वितरण गरिने केही वडाका अध्यक्षहरूले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.