जोगबनीमा अनिवार्य भन्सार

सय रुपैयाँभन्दा बढीको सामान ल्याए १३ प्रतिशत भन्सार तिर्नुपर्ने

जोगबनीमा अनिवार्य भन्सार

विराटनगर : स्वदेशी बजार प्रवद्र्धन र भन्सार चुहावट नियन्त्रण गर्न विराटनगरस्थित रानी नाकामा कडाइ गर्न थालिएको छ। खुद्रा सामान खरिदका लागि भारतीय बजार जोगबनी जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न विराटनगर भन्सार कार्यालयले नाकामा कडाइ गर्न थालिएको हो। 

कार्यालयले सय रुपैयाँभन्दा बढीको सामान ल्याए १३ प्रतिशत भन्सार तिर्नुपर्ने व्यवस्था गरेको हो। चोरी, तस्करी र भन्सार चुहावटका घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्ने उद्देश्यले कडाइ गर्न थालिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले बताए। 

कडाइ गर्न थालिएपछि पछिल्लो दुई दिनमा मात्रै भन्सारको राजस्वमा उल्लेख्य सुधार आएको उनले बताए। भारतीय बजार जोगबनी लत्ताकपडा र दैनिक उपभोग्य वस्तु खरिदबिक्रीका लागि प्रख्यात छ। दैनिक ठूलो संख्यामा विराटनगरसँगै इटहरी, धरान, इनरुवा, बेलबारी, उर्लाबारी र दमकसम्मका नेपाली उपभोक्ताहरू किनमेलका लागि जोगबनी आउने गरेका छन्। तर, यसले भन्सार चुहावट बढ्नुका साथै नेपाली व्यापार व्यावसायमा समेत नकारात्मक असर परिरहेको छ। बजारलाई निर्वाध खुला छोडिदिँदा नेपाली बजार र व्यापारमा पर्ने असर कम गर्न नसकिएकोले भन्सारलाई व्यवस्थित गर्ने प्रयास गरिएको सूचना अधिकारी ढुंगानाको भनाइ छ। 

जोगबनी–रानी प्रवेशद्वारबाटै उपभोक्ता र भारतबाट आउने यात्रुहरूको चेकजाँचमा कडाई गर्न थालिएसँगै खुद्रा वस्तुहज्ञको आयातका लागि भन्सारसँग अनुमति लिने क्रम पनि बढेको छ। यसअघि भन्सार छलेर आयात भइरहेको माछाका लागि समेत अनुमति माग्न थालिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.