छानबिनमा स्वास्थ्यकर्मी निर्दोष देखिए

जीवित शिशु मृत घोषणा प्रकरण

छानबिनमा स्वास्थ्यकर्मी निर्दोष देखिए

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरिएको विषयको छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ।

बालरोग विशेषज्ञ डा. प्रवीणकुमार झाको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले अस्पताल प्रशासनलाई प्रतिवेदन बुझाएको हो। 

समितिमा बालरोग विशेषज्ञ डा. सुर्यकान्त चौधरी र रामप्रसाद नेपाल सदस्य थिए। समितिले बुझाएको छानबिन प्रतिवेदनमा शिशुको उपचारमा संलग्न कोशी अस्पतालका स्वास्थ्यकर्मीहरूलाई निर्दोष बताइएको छ। 

श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि कोशीको आकस्मिक कक्षमा भर्ना गरिएकी शिशुको स्वास्थ्य अवस्था पहिलेदेखि नै नाजुक रहेको प्राप्त प्रतिवेदनमा उल्लेख छ। 

‘अस्पताल ल्याउँदा शिशुको शरीर चिसो भइसकेको थियो। भर्ना गर्दा पल्स अक्सिमिटरमा अक्सिजनको लेभलसमेत रेकर्ड भएको थिएन,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसैका आधारमा स्वास्थ्यकर्मीहरूले ‘बच्चा त छैन जस्तो छ’ मात्र भनेका थिए। भन्न नपाउँदै अभिभावकले हतारहतार शिशुलाई अस्पतालबाट निकालेर लगेका हुन्। त्यसपछि बच्चाको थप उपचार सुरु गर्नै सकिएन।’

श्वासप्रश्वासमा समस्या देखिएपछि गत माघ ४ गते जहदा-३ भाथीगछकी १८ दिने नवजात शिशुलाई उपचारका लागि कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। बुवा दिलीप मुखियाले शिशुलाई उपचारका लागि करिब ९ बजे विराटनगरस्थित कोशी अस्पताल ल्याएका थिए। 

डाक्टर आकाश यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिशुको उपचार सुरु गरेको थियो। अस्पताल ल्याउँदा शिशुको तौलमा मात्र १ किलो १ सय ग्राम थियो। 

डा. यादवसहित पारामेडिकल अफिसर टिका अधिकारी र लक्ष्मण माझीले शिशुको चेकजाँच  गर्दा अक्सिजन लेभल एकदमै न्यून देखिएको थियो।

अक्सिजन कन्सल्ट्रेशनमा पनि अक्सिजन लेभल नदेखिएको विषयलाई आधार बनाउँदै स्वास्थ्यकर्मीहरूले ‘बच्चा त छैन जस्तो छ’ भनेका थिए। 

यद्यपि, थप उपचार गर्न भने बाँकी नै थियो। चिकित्सकले आफ्नो कुरा राख्न नपाउँदै अभिभावकले हतारहतार बच्चा झिकेर लगेको देखिएको छानबिन समितिका संयोजक अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीणकुमार झाले बताए। 

छानबिनका क्रममा अभिभावकले बच्चा लगेपछि अस्पतालले थप उपचार दिन नसकेको देखिएको उनले जानकारी दिए। ‘स्वास्थ्यकर्मीहरूले शिशुलाई मृत नै घोषणा गरेको देखिएन। 
उनीहरूले बच्चा त छैन जस्तो छ मात्र भनेका हुन्। थप उपचार गर्न बाँकी नै थियो,’ उनले भने, ‘उपचारमा धैर्यता देखिएन्। यतिसम्म की अस्पतालमा बच्चाको नाम समेत दर्ता भएको छैन।’

अभिभावकले पूर्ण उपचार नै नगराई शिशुलाई आफै घर लिएर गएको विषय प्रतिवेदनमा उल्लेख छ। 

दाह संस्कारका लागि घर लगेपछि शिशु जीवितै रहेको थाहा पाएका उनीहरूले थप उपचारका लागि शिशुलाई गोल्डेन अस्पताल भर्ना गरेका थिए। 

एनआइसियु कक्षमा राखेर शिशुको उपचार भइरहेको थियो। गोल्डेन भर्ना गर्दा शिशु १८ दिनकी थिइन्। छानबिन समितिले गोल्डेन अस्पतालबाट पनि जानकारी लिएको थियो।

प्राप्त जानकारी अनुसार गोल्डेन भर्ना गर्दा शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मृगौलाले काम नगरेको तथा इन्फेक्सन लगायतका समस्याहरू देखिएको थियो। 

अस्पतालका बालरोग विशेषज्ञ डा.सतिश यादव शिशुको उपचारमा संलग्न थिए। प्रतिवेदनमा डा. यादवको भनाइ पनि समेटिएको छ। 

यादवले भनेका छन, ‘हामीले ट्युबको माध्यमबाट बच्चालाई कृत्रिम श्वास दिएका थियौं। ट्रिटमेन्ट राम्रै भइरहेको थियो। स्वास्थ्य अवस्था स्थिर रहँदै आएकाले बचाउन सकिन्छ की भन्ने आश पनि पलाएको थियो। तर, सकिएन। इन्फेक्सन बढेर औषधिले काम गर्न छोडेपछि माघ १० गते बिहान करिब १० बजे शिशुको मृत्यु भयो।’

सबैपक्षको भनाइ समेटेर आवश्यक छानबिनपछि तयार प्रतिवेदन समितिले बिहीबार अस्पताल प्रशासनलाई बुझाएको छ। 

प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाउने तयारी रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. लक्ष्मीनारायण यादवले बताए। प्रतिवेदन पठाइसकेपछि मन्त्रालयबाट प्राप्त निर्देशन कार्यान्वयन हुने उनले जानकारी दिए।

जीवित शिशुलाई मृत घोषणा गरिएको भन्दै गत माघ ५ गते घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गरिएको थियो। 

छानबिन समिति गठन गर्दै शिशुको उपचार संलग्न स्वास्थ्यकर्मीहरूलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै ७ दिनका लागि काम गर्न रोकसमेत लगाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.