बजारमा पार्किङ निषेधको विरोध

बजारमा पार्किङ निषेधको विरोध

विराटनगर : विराटनगरको मुख्य बजार क्षेत्रमा पार्किङ निषेध गरिएपछि स्थानीय व्यवसायीहरूले सटर डाउन गर्दै आन्दोलन थालेका छन्।

शनि मन्दिरदेखि हस्पिटल चोक र ट्राफिक चोकदेखि जलजला चोकसम्मको क्षेत्रमा महानगरपालिकाले पार्किङ निषेध गरेको छ। सो क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यापार व्यवसायमा ठूलो असर पुगेको भन्दै स्थानीय व्यवसायीले विरोध थालेका हुन्। सोमबार बिहानैदेखि पसलको सटर डाउन गर्दै आन्दोलन थालेका उनीहरूले मार्किङ गरेर सडकमै पार्किङ गर्न दिइनुपर्ने माग गरेका छन्।

बजार क्षेत्रमा पार्किङ निषेध गरेपछि पसलमा ग्राहकको फ्लो घटेको उनीहरूले बताएका छन्। पहुँचयोग्य पार्किङस्थलको व्यवस्था नहुँदा यसले स्थानीय व्यावसायी र आम सर्वसाधारण दुवैलाई दुःख भएको स्थानीय व्यावसायी सन्तोष अर्याल बताउँछन्। ‘मार्किङ गरेर सडकको कुनै एक भागमा पार्किङ गर्न दिइनुपर्ने हाम्रो माग हो,’ उनले भने, ‘हामी शुल्क तिर्न तयार छौं। तर, पार्किङमा असुविधा हुनुभएन। यसले हाम्रो व्यापारमा प्रत्यक्ष असर परेको छ।’

पार्किङ व्यवस्थापनको उद्देश्यसहित हनुमानदास रोड र रंगेली रोडलाई महानगरले माघ ५ गतेदेखि नैपार्किङ जोन बनाएको थियो। शनि मन्दिरदेखि जलजला चोकसम्मको हनुमानदास रोड र जलजला चोकदेखि हस्पिटल चोकसम्मको रंगेली रोडमा माघ ६ गतेखि सबै प्रकारका सवारीसाधनको पार्किङ निषेध गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.