भन्सार छली ल्याइएको कपडासहित चार जना पक्राउ

भन्सार छली ल्याइएको कपडासहित चार जना पक्राउ

विराटनगर : भन्सार छली ल्याएको अवैध लत्ताकपडासहित मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

विराटनगर–१६ स्थित सीमावर्ती क्षेत्र दरैयाबाट प्रहरीले सोमबार राति करिब ९ बजे अवैध रूपमा पैठारी गरी ल्याइएको लत्ताकपडासहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विराटनगर–१५ बस्ने १८ वर्षीय सहवाज आलम, २० वर्षीया महरिया खातुन, ३० वर्षीया खातुन मियाँ र सुनसरीको बर्जु–३ घर भएका ३५ वर्षीय महेश साह रहेका छन्। 

प्रदेश १–०४–००१ ह ०१८० नम्बरको सिटीमा लेडिज, जेन्स र बच्चाको लत्ताकपडा लगायतका सामान भन्सार छली ल्याउँदै गरेको अवस्थामा सिटीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। 

उनीहरूलाई इलाका प्रहरी कार्यालय रानी र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उनले जानकारी दिए।

बरामद गरिएको लत्ताकपडा अन्दाजी ५ लाख ५० हजार ५ सय रुपैयाँ मूल्य बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बरामद गरिएको लत्ताकपडा र सिटी सफारी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.