राजविराजपछि शम्भुनाथका प्रमुख निलम्बित

राजविराजपछि शम्भुनाथका प्रमुख निलम्बित
सुन्नुहोस्

राजविराज : सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता र इञ्जिनियर रामचन्द्र साह विरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ४० हजार रुपियाँ घुस लिएको भन्दै प्रमुख गुप्ता र सोही नगरपालिकाका इन्जिनियर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी अनुसन्धानको सिलसिलामा नगरप्रमुख गुप्ता र इन्जिनियर साहबीचको आपसी योजना तथा मिलोमतोमा घुस रकम लिएको पुष्टि भएको दावी गरिएको छ । उहाँहरुलाई कैद र बिगोबमोजिम जरिवानाको मागदावी लिई आजै बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जनाउनु भएको छ ।

विद्यालय निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर साहलाई सेवाग्राहीबाट १ लाख ४० हजार घुस लिएको अवस्थामा गत माघ ३ गते घुस रकमसहित पक्राउ गरेको थियो । उनलाई कार्यकक्षबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा नगर प्रमुख गुप्ताको मिलोमतो समेत देखिएको भन्दै एक लाख ४० हजार रुपियाँ मागदाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना माग गरिएको छ । विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपियाँ लिइएको आरोपपत्रमा दावी गरिएको छ ।

स्थानीय तह २०७४ को निर्वाचनमा झिनो मतअन्तरले पराजित गुप्ताले २०७९ को निर्वाचनमा ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित हुनु भएको थियो । नेकपा एकीकृत समाजवादीतर्फबाट गुप्ता १ हजार २४९ मतान्तरले निर्वाचित हुँदा उनकै पार्टीकी अनिताकुमारी चौधरीले उपप्रमुखमा ४ हजार ९९८ मत ल्याएर विजयी हुनुभएको थियो ।

यसअघि असार २९ गते राजविराज नगरपालिकामा जसपा नेपालबाट निर्वाचित नगर प्रमुख भिमराज यादव माथि दुई लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा बिगो दाबी गरी विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

गहिल कन्स्ट्रक्सनका सञ्चालक भिमराज यादवले निर्माण सेवाले आर्थिक वर्ष २०७४-२०७५ मा राजरंगशाला स्तरोन्नती कार्यको लागि जिल्ला खेलकुद विकास समिति सप्तरी र सो कन्स्ट्रक्सनबीच सम्झौता भए पनि यादवले मापदण्ड विपरीत काम गरेको अभियोग छ ।

यादवले मापदण्ड विपरीत गरेको कामलाई गुणस्तरीय युक्त र मापदण्डअनुसार काम भएको प्रमाणित स्वीकृति गराई दुई लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा काम गरेको भन्दा बढी भुक्तानी लिएकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(४) बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा कैद र जरिवाना माग गरिएको छ ।

आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि राजविराजका प्रमुख यादवपछि शम्भुनाथका प्रमुख गुप्ता निलम्बनमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.