दुर्गम गाउँमा एम्बुलेन्स सेवा
डडेल्धुरा : डडेल्धुरा अजयमेरु गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ।
स्वास्थ्य संस्थाको पहुँच पुग्न नसकेका बिरामीका लागि सहज बनाउन पालिकाले वडा नम्बर ५ र ६ मा सञ्चालन गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरेको छ।
गाउँपालिकाले विकट वडाका जनतालाई सेवा दिने उद्देश्यका साथ एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्टले बताए।
प्रतिक्रिया दिनुहोस !