स्ववियु निर्वाचन

बुढीनन्दा क्याम्पसमा २४ राउन्ड हवाइ फायर, खुकुरी प्रदर्शन गरेपछि निर्वाचन स्थगित

बुढीनन्दा क्याम्पसमा २४ राउन्ड हवाइ फायर, खुकुरी प्रदर्शन गरेपछि निर्वाचन स्थगित
सुन्नुहोस्

बाजुरा : नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियूका विद्यार्थीले खुकुरी देखाएपछि बाजुराको बुढीनन्दा क्याम्पसको निर्वाचन दुई घन्टादेखि स्थगित भएको छ। 

एकीकृत समाजवादी र नेकपा एमाले सम्बद्ध विद्यार्थीबीच झडप भएपछि स्ववियु निर्वाचन बिथोलिएको हो। यस क्रममा प्रहरीले कम्तिमा २४ राउन्ड हवाइ फाइर गरेको छ। भीड नियन्त्रण गर्न अश्रु ग्यसासहित हवाइ फायर गर्नुपरेको इलाका प्रहरी कार्यालय कोल्ठीका प्रहरी निरीक्षक सुरेश सिंहले जानकारी दिए।

उनका अनुसार आइतबार विहान मतदान गर्ने क्रममा एकीकृत समाजवादीका विद्यार्थीले खुकुरी प्रदर्शन गरेका थिए। प्रहरीले दावा गुरुङ नामका व्यक्तिलाई नियन्त्रण लिएको छ। 

दुई पक्षबीच सहमति गराउने प्रयास गरे पनि हुन नसकेको सिंहले बताए। 'दुई पक्षबीच सहमतिको प्रयास भइरहेको छ। तर उहाँहरूले मानिरहनुभएको छैन,' उनले अन्नपूर्णसँग भने।

बुढीनन्दामा ४१२ मतसंख्या रहेका छन्। जसमध्ये ५३ मतमात्र खसेको छ। निर्वाचन बिथोल्ने प्रयासस्वरुप यस्तो कार्य भइरहेक विद्यार्थी नेताहरूले बताएका छन्। आज देशभरिका क्याम्सहरूमा १४ वर्षपछि स्ववियु निर्वाचन भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.