तीन वर्षपछि बाजुरामा आएका एमडीजीपी डाक्टर २ महिनामै सरुवा

तीन वर्षपछि बाजुरामा आएका एमडीजीपी डाक्टर २ महिनामै सरुवा
सुन्नुहोस्

बाजुरा : जिल्ला अस्पताल बाजुरामा तीन वर्षपछि आएका एमडीजीपी डाक्टर दुई महिना नपुग्दै सरुवा भएर गएका छन्। 

दुई महिना नबित्दै एमडीजीपी डाक्टर गएपछि जिल्ला अस्पताल बाजुरामा उपचार सेवा प्रभावित हुने भएको छ।

तीन वर्षसम्म जिल्ला अस्पताल बाजुरा एमडीजीपी डाक्टरविहीन रहेको थियो। गत पुसको १४ गते डाक्टर प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा भएर जिल्ला अस्पताल बाजुरामा हाजिर भएका थिए। 

डाक्टर प्रेरित देवकोटा सरुवा भएर आएको दुई महिनामै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २५ गते सरुवा गरेपछि गएका छन्।

डाक्टर देवकोटालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो। डाक्टर देवकोटा सरुवा भएर गएपछि जिल्ला अस्पताल बाजुरा एमडीजीपी चिकित्सकविहीन बनेको छ। 

तीन वर्षअघि निक साइमन संस्थाको सहयोगमा डाक्टर दुर्गा महर्जनले सेवा दिँदै आएका थिए। महर्जनको सेवा अवधि सकिएपछि तीन वर्ष पहिला छोडेर गएका थिए।

डाक्टर देवकोटा बाजुरा आएपछि जिल्ला अस्पतालमा कार्यालय प्रमुख बन्ने बारे विवाद सुरु भएको थियो। डाक्टर देवकोटा आउनु पहिले मेडिकल अधिकृत्त मिलन जोशी कार्यालय प्रमुख थिए। देवकोटा मिलनभन्दा एक तह माथि भएकाले कार्यालय प्रमुख भए। 

तर मिलन जोशी र केही व्यक्तिले देवकोटालाई सरुवा गर्न मन्त्रालयमा राजनीतिक देखि हर प्रयास गरे।

देवकोटा कार्यालय प्रमुख भएपछि आफू कार्यालय प्रमुख बन्न मेडिकल अधिकृत्त जोशीले राजनीतिक दवाव दिँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्की नै देवकोटाको सरुवाका लागि मन्त्रालय गएका समाचार तथा सामाजिक सञ्जालमा आलोचना भएको थियो। 

आलोचना पछि फागुन ११ गते पत्रकार सम्मेलन मार्फत आफू डाक्टर सरुवाका लागि मन्त्रालय नगएको अध्यक्ष कार्कीले बताएका थिए। 

पत्रकार सम्मेलनको ठिक १४ दिन पछि डाक्टर देवकोटाको सरुवा पत्र आएको थियो। यो अर्थमा पनि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्की नै २ महिनामा डाक्टर सरुवा गर्नेमा संलग्न भएको पुष्टि हुन्छ।

जिल्ला अस्पताल बाजुराका अध्यक्ष मानबहादुर कार्कीले भने, 'डाक्टर सरुवा भए पनि उहाँलाई बाजुरा बस्ने वातावरण मिलाएको थिएँ। उहाँलाई रमना नलिनु भनेर सल्लाह भएको थियो। आफैंले रमाना लिएर गएका हुन्। 

डाक्टर देवकोटा गएपनि हप्ता दिन भित्रै एमडीजीपी डाक्टर ल्याउने कार्कीले बताएका छन्।

देवकोटाले बाजुरा आउँदा भनेका थिए, 'दुर्गम बाजुरामै काम गर्ने भनेर बाजुरा आएको हुँ, कम्तिमा १ वर्षसम्म भएपनि बाजुरामा सेवा गर्ने छु। 

बस्ने वातावरण मिले लामो समयसम्म बस्ने उनले बताएका थिए। मन्त्रालयले सरुवा गरेपछि उनी बाजुरा छोडेर जान बाध्य भएका हुन्।

तीन वर्षदेखि जिल्ला अस्पताल बाजुरामा एमडीजीपी चिकित्सक आएपछि सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता नियमित नै भएको छ।

एमडीजीपी चिकित्सक नहुँदा सामान्य घाउदेखि हड्डीको अप्रेसनका लागि पनि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहँदै छ।

एमडीजीपीको अवधारणा दुर्गमका अस्पतालका लागि हो। तर दुर्गममा  सरकारले नै पठाउन नमान्ने गरेको पाइन्छ। पठाएपनि दुई/तीन  महिनामा सरुवा गर्ने गरेको छ। 

जिल्लामा एमडीजिपी हुँदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायत अप्रेशन सेवा जिल्ला अस्पतालबाटै प्रदान भइरहेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.