बाजुरामा छ वर्षीय बालकमा देखियो कालाजार

बाजुरामा छ वर्षीय बालकमा देखियो कालाजार
सुन्नुहोस्

बाजुरा :बाजुरामा एक बालकमा कालाजार देखिएको छ।  हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । 

लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका  सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन्। उनका अनुसार बालकमा कालाजारको साथै कुपोषण र रगतको कमी देखिएको छ।

रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए । चिकित्सकका अनुसार  फोहोर र खाल्डोमा जमेको पानीमा लामखुट्टे रहने र यस्ता लामखुट्टेले टोकेपछि कालाजार र डेंगुलगायत रोगको जोखिम बढ्ने गर्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.