टिपरले मोटरसाइकललाई ठक्कर दिँदा पन्तको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा पन्तको मृत्यु
सुन्नुहोस्

बुटवल : टिपर र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ।  लु १ क २६१४ नम्बरको टिपरले लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३२ वर्षीय जीवन पन्तको मृत्‍यु भएको प्रहरीले जनाएको छ।

गुल्मी छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका  पन्त सोमबार आमा गुणाकलाको जन्मदिन मनाएर कर्मथलो बुटवलतर्फ फर्किँदै थिए ।

बुढ्यौली लागेकी आमाको ७५ औँ जन्मदिन मनाउन उनी दुई दिन अघि गाउँ गएका हुन् । तीन भाइमध्ये जीवन कान्छो हुन् । १३ वर्षदेखि बुटवलमा बस्दै आएका पन्थ राजनीतिसँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय थिए । 

आमासँग जन्मदिन मनाएर हर्षले फर्किदै गरेका जीवनको खुसी तीन घण्टा पनि टिक्न पाएन् । मोटरसाइकलमा आउँदै गरेका पन्थ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित झुम्सामा दुर्घटनामा परे ।

गम्भीर घाइते भएका पन्थको सोमबार राति उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। उनको शव अहिले अस्पतालमै राखिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.