बोक्सी भनेर कुटपिट गर्ने पूर्वगाविस सचिवलाई कैद

बोक्सी भनेर कुटपिट गर्ने पूर्वगाविस सचिवलाई कैद
सप्तरी जिल्ला अदालत । तस्बिर : मनोहर पोखरेल
सुन्नुहोस्

राजविराज : कथित बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा पूर्वगाविस सचिव रामकुमार यादवलाई कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले यादवलाई १५ दिनको कैद सजायका साथै १० हजार रूपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिग्यौन घर भई पछिल्लो समय राजबिराज नगरपालिका–६ मा बस्ने ६२ वर्षीय यादवबाट क्षतिपूर्तिस्वरूप पीडितले १५ हजार रूपैयाँ पाउने भएकी छन् ।
राजविराज नगरपालिका–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रले दिएको उजुरीमा कैदसजाय भएको हो । 

आरोपितका तीन छोराहरू रमेशकुमार यादव, राजेशकुमार यादव, उमेशकुमार यादव, रामकुमारका भाइ रामअधिन यादव र निजकी पत्नी पञ्चीदेवी यादवले भने सफाइ पाएका छन् । आरोपित रामकुमार अवकाश प्राप्त गाविस सचिवका साथै गाविस हक हित संरक्षण केन्द्रका पूर्वउपाध्यक्ष समेत हुन् ।

पीडितको घरकोठाभित्र ०७६ कात्तिक ११ गते प्रवेश गरी कथित बोक्सी भनेर कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जिल्ला सरकारी वकिल कार्यालय सप्तरीको पत्रसमेत वेवास्ता गर्दै जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरे पछि पीडितले उच्च अदालत जनकपुर राजविराज इजलाशमा परमादेशको रिट दिएका थिए।

उच्च अदालतले ०७६ पुस २३ गते गरेको परमादेशको समेत अटेर गरी जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेपछि पीडितले प्रहरीबाट अदालतको अपहेलना भएको भन्दै ०७६ फागुन ११ गते उजुरी दर्ता गरेका थिए। सो उजुरी दर्ता पछि बल्ल जिल्ला प्रहरी कार्यालयले ०७६ फागुन २९ गते कथित बोक्सी भन्दै कुटपिट गर्ने आरोपितहरूमाथि उजुरी दर्ता गरेको अधिवक्ता शंकरकुमार मिश्रले जानकारी दिए।

बोटविरुवा उखेलिएको विषयमा दुबै तर्फबाट गालीगलौज, कुटपिट हुँदा दुबै पक्षबाट उजुरी आएको जनाउँदै जिल्ला प्रहरी कार्यालयले उजुरी असत्य भएकाले दर्ता नगरिएको बताउँदै आएको थियो । उजुरी दर्ता गर्न नमानेको प्रहरीले आरोपितहरूलाई पक्राउ गर्न पनि चासो देखाएन् । प्रहरीले जिल्ला अदालतमा ०७७ भदौ १० गते अभियोग पत्र दायर गर्‍यो ।

आरोपित रामकुमारले आफ्नो घरमा रोपिएको सिमी, घिरौंला, लौकाको विरुवाहरू उखेलेको विषयमा विवाद हुँदा दुवै तर्फबाट गालीगलौज र हातपात भएपनि कथित बोक्सी भनेर अमानवीय व्यवहार नगरेको बताउँदै आएका थिए ।

पीडितले भने ०७६ असोज १७ गते मृत्यु भएकी रामकुमारकी ५७ वर्षीया पत्नी फुलकुमारीलाई ‘बोक्सी’लगाइ हत्या गरेको भन्दै आरोपितहरूले गालीगलौज र कुटपिट गरेको आरोप लगाएका थिए। ‘आफ्नो पति पनि खायो र मेरो पत्नी पनि खायो’ भन्दै आरोपित रामकुमारसहितले घरकोठा भित्र प्रवेश गरी आफू र छोरीहरूलाई कुटपिट गरेको तथा दुई दिनपछि पुनः ‘बोक्सी कता छ ?’ भन्दै घरभित्र प्रवेश गरेर रक्ताम्य हुने गरी कुटपिट गरेको पीडितले बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.