प्रहरीसमक्ष हाजिर हुँदै उपप्रमुख यादव

प्रहरीसमक्ष हाजिर हुँदै उपप्रमुख यादव
हाजिर हुन लागेकी उपप्रमुख मिराकुमारी यादव । तस्बिर :अन्नपूर्ण
सुन्नुहोस्

राजविराज : सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव बुधबार प्रहरीसमक्ष हाजिर हुने भएकी छन् । नागरिकतासम्बन्धी आरोपमा  अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपप्रमुख यादवले बुधबार स्वयम् हाजिर हुने बताएकी हुन् । 

उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि दुई दिनअघि यादव र उनका श्रीमान महेन्द्रकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
डाक्नेश्वरी नगरपालिका–४ का ३५ वर्षीय कृष्णकुमार यादवले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको ८ महिना वितिसक्दा पनि कारबाही प्रक्रिया अघि नबढाइएको भन्दै उच्च अदालतमा परमादेशका लागि ३ महिना अघि निवेदन दिएका थिए । कृष्णले साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपप्रमुख र उनका श्रीमान विरुद्ध उजुरी दिएका थिए ।    

उजुरीमा उपप्रमुखका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको उल्लेख छ । आरोपितहरु विधानसभा निर्वाचन क्षेत्र विहार निर्वाचक नामावली भाग सं।५१ अनुसार श्रीमान् श्रीमती दुवै भारतीय नागरिक रहेको दावी गरिएको छ । 

उपप्रमुख, उनका श्रीमान र छोरा इन्द्रजीतले डाक्नेश्वरी नगरपालिका ६ अन्तर्गत साविकको औरही गाविस–३ बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिई उपप्रमुखको पद धारण गरी संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेको उजुरीमा उल्लेख छ ।

उच्च अदालतमा दायर मुद्दामा गत जेठ ५ गते न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाममा परमादेशको आदेश जारी गरेको थियो । 

आरोपहरु गलत रहेको जिकिर गर्दै उपप्रमुख यादवले अनुसन्धान सहजताका लागि कानुनमाथि विश्वास राख्दै हाजिर हुन लागेको बताएकी हुन् ।

निर्वाचनमा पराजित हुनेहरुले नक्कली कागजात पेश गरी झुठा मुद्दा दायर गरेको दावी गर्दै उपप्रमुख यादवले आफू नेपाली नागरिक रहेको र अदालतबाट पुष्टि हुने विश्वास व्यक्त गरिन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरमा जन्मे, हुर्केको, पढेको र जागिर खाएको तथा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–६ मा विवाह गरेको बताउँदै उपप्रमुख यादवले राजनीतिक पूर्वाग्रह राखी दिएको झुठा उजुरी खारेज हुने विश्वास व्यक्त गरिन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.