नेल्सन मण्डेला स्‍मृति पुस्तिकामा नेपालीको पनि हस्ताक्षर

नेल्सन मण्डेला स्‍मृति पुस्तिकामा नेपालीको पनि हस्ताक्षर
सुन्नुहोस्

लन्डन : विश्वका झन्डै ७ सय प्रभावशाली व्यक्तित्व एवम् सेलिब्रेटीहरूले हस्ताक्षर गरेको दक्षिण अफ्रिकाली नेता नेल्सन मण्डेलाप्रति समर्पित

एक पुस्तिकामा पहिलोपटक एक नेपालीले हस्ताक्षर गरेका छन्। 

मण्डेलाप्रति श्रद्धाञ्जली व्यक्त गर्न बेलायती संसद्मा राखिएको हस्तलिखित ‘हाउस अफ कमन नेल्सन मण्डेला मेमोरियल बुक’ मा बेलायतस्थित सफल नेपाली व्यवसायी एवं समाजसेवी रवीन्द्रजंग लामिछानेले हस्ताक्षर गरेका हुन्। बेलायती अभियानकर्मी निक क्यारमको पहलमा स्थापित पुस्तिकामा अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा, बेलायती पूर्वप्रधानमन्त्रीहरू टोनी ब्लेयर र डेभिड क्यामरनदेखि चर्चित फुटबलर डेभिड बेकह्याम, संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानसम्मले श्रद्धाञ्जली सन्देश लेखेका छन्।

राजनीति, कला, संगीत, खेलकुद, व्यवसायलगायतका विविध क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त व्यक्तित्वहरूको सन्देश पुस्तिकामा समेटिएको छ। पुस्तिका संस्थापक क्यारमले एक प्रेस वक्तव्य जारी गर्दै बेलायतस्थित नेपाली व्यवसायी रवीन्द्रजंग लामिछानेले उक्त पुस्तिकामा पहिलो नेपालीका रूपमा सन्देश लेखेको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘२०औं शताब्दी नायक मण्डेलाप्रति समर्पित पुस्तिकामा रवीन्द्रजंग लामिछाने पछिल्लो हस्ताक्षरकर्ता बनेकोमा मलाई गौरव लागेको छ।’ यता, पुस्तिकामा हस्ताक्षर गर्ने अवसरका लागि लामिछानेले पनि गौरव व्यक्त गरेका छन्।  

‘संसारका ७ सय शीर्ष नेता तथा सेलिब्रेटीहरूले हस्ताक्षर गरेको पुस्तिकामा मण्डेलाप्रति श्रद्धाञ्जली व्यक्त गर्न आमन्त्रित हुँदा मलाई ठूलो सम्मान महसुस भएको छ’, उनको भनाइ छ। यसैबीच, लामिछाने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्। ‘हाउस अफ कमन मेमोरियल बुक’ स्थापनाको २५औं वर्षको अवसरमा उनले ‘फिन इन्टरनेसनल एन्ड फोर्बस् बेस्ट अफ अफ्रिका’ अवार्ड प्राप्त गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.