६१ बोरा सुपारीसहित पिकअप गाडी नियन्त्रणमा

६१ बोरा सुपारीसहित पिकअप गाडी नियन्त्रणमा
सुन्नुहोस्

झापा : झापा प्रहरीले कागजात बिनाको अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ। 

प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ११ बजे मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट सुपारीसहित पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१च ८९६७ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भीसीटीएस बिलसहित आवश्यक कागजात नभएको ६१ बोरा सुपारी फेला परेको थियो।

अन्दाजी १० लाख ८३ हजार मूल्य बराबरको २८५० किलोग्राम सुपारी र ५ लाख मूल्य बराबरको गाडीसमेत गरी १५ लाख ८३ हजार बराबरको सुपारी, पिकअप गाडी र गाडी चालक मोरङ उर्लाबारी नगरपालिका ७ बस्ने १९ वर्षीय आकाश धिमाल समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइ सकेको डीएसपी रिजालले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.