दुर्गमका डिपोमा छैन चामल

दुर्गमका डिपोमा छैन चामल
खाद्य व्यवस्था कम्पनीको मुगु शाखामा चामलका लागि बिन्ती गर्दै छाँयानाथरारा नगरपालिका–३ की ७० वर्षीया जिरकला कामी।
सुन्नुहोस्

मुगु : मुगुका दुर्गम गाउँमा चामलको अभाव भएको छ। सरकारले दुर्गममा सहुलियत मूल्यमा चामल बिक्री गर्दै आएको छ। तर, हिजोआज मुगुका ग्रामीण क्षेत्रमा रहेका डिपोमा चामल सकिएको हो। डिपोमा चामल सकिएपछि स्थानीय चामलका लागि सदरमुकाम धाउन थालेका हुन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गमका बासिन्दालाई सहज रूपमा चामल उपलब्ध गराउन डिपोमार्फत चामल बिक्री गर्दै आएको छ। तर, दुर्गममा रहेका डिपोहरू रित्तो भएका छन्। डिपोमा चामल सकिएपछि सर्वसाधारणहरू चामलको खोजीमा भौंतारिन थालेका छन्। कतिपय सर्वसाधारणहरू सदरमुकाम पुग्दा पनि चामल पाउन सकेका छैनन्। सहुलियतको चामल नपाएपछि स्थानीयले बजारबाट महँगोमा किन्न बाध्य भएका हुन्।

सदरमुकाम गमगढीमा रहेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनीको शाखामा मात्र केही चामल छ। उक्त चामल पनि बिक्री गर्न रोक लगाइएको छ। जिल्लामा कुनै पनि बेलामा विपत्का घटना हुनसक्ने र त्यसबेला चामल आवश्यक पर्ने भन्दै उक्त चामल बिक्रीमा रोक लगाइएको हो। बाँकी जिल्लाका अन्य स्थानीय तहमा रहेका कम्पनीका डिपो र बिक्री केन्द्रमा हाल चामल नै छैन। यसकारण पनि सर्वसाधारणले चामल पाउन सकेका छैनन्। उनीहरूले बजारमा दोब्बर मूल्यमा चामल किन्नुपर्ने बाध्यता छ। कम्पनीका अनुसार जिल्लाको खत्याड, सोरु र मुगुमकार्मारोङ गाँउपालिकामा रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको छ। 

अघिल्लो आर्थिक वर्षमा ढुवानी भएको चामल सकिएको र यो आर्थिक वर्षमा चामल ढुवानी नहुँदा समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख पुष्कर भामले जानकारी दिए। 

यो आर्थिक वर्षमा हालसम्म पनि चामल ढुवानी नुहँदा डिपोहरू रित्तै भएका हुन्। यो आर्थिक वर्षमा पुलु डिपोका लागि १ हजार ५ सय, सोरु डिपोमा २ हजार, श्रीकोटका लागि २ हजार, कालैमा रहेको बिक्री केन्द्रका लागि १ हजार ७ सय र रातापानी डिपोका लागि ७ सय ५० क्वीन्टल चामल स्वीकृत भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.