मधेस प्रदेश सभा सदस्य यादव पक्राउ

मधेस प्रदेश सभा सदस्य यादव पक्राउ
अनिरुद्ध कुमार सिंह यादव।
सुन्नुहोस्

राजविराज : मधेस प्रदेशसभा सदस्यमा सप्तरीबाट निर्वाचित बोदे बरसाइन नगरपालिका-५ का अनिरुद्धकुमार सिंह यादवलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले पटक पटक पक्राउ नपरेको प्रतिवेदन दिएपछि मुल्तबीमा राखिएको कर्तव्य ज्यान मुद्दाका फरार आरोपी प्रदेशसभा सदस्य यादवलाई राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जानकारी दिएको छ। यादव जसपा नेता एवम् पूर्व मन्त्री मृगेन्द्र सिंह यादवका भाइ समेत हुन्।

नेकपा माओवादीका नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६८ चैत १९ गते मुल्तबीमा राखिएको मुद्दामा यादवसमेत ९ जना आरोपी छन्। पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई सप्तरी जिल्ला अदालतमा सोमबार नै पेश गरिएको छ।

जनता समाजवादी पार्टीका विद्रोही उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवार बनेका यादवले जसपाका अभिषेक यादवलाई २ हजार ६५ मतले पराजित गरेर निर्वाचित भएका थिए। सप्तरी ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित यादवले ९ हजार ९८५ मत ल्याएका थिए। त्यस अघिको प्रदेश सभाको निर्वाचनमा जसपाका अभिषेकले ९ हजार ६०५ मत ल्याएर विजयी भएका थिए।

सप्तरीको शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाका ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको २०६४ असार ९ गते बोदे बरसाइन नगरपालिका २ नेङ्गडा बैरिया टोलमा अपहरणपश्चात गोली हानी हत्या गरिएको थियो। चौधरीको २०६४ असार १० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टम भएको थियो।

मृतकका दिदी बोदे बरसाइन नगरपालिका १ धनगढीकी ३६ वर्षीय रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन्। उजुरी दर्ता भई अदालतमा अभियोगपत्र दायर भए पनि यादव अदालतमा उपस्थित नभएर फरार रहेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.