पार्टीको भविष्य छैन भन्नेहरूको विश्वास नगर्नुस् : माधव नेपाल

पार्टीको भविष्य छैन भन्नेहरूको विश्वास नगर्नुस् : माधव नेपाल

राजविराज : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको भविष्य छैन भनेर निरासा व्यक्त गर्नेहरूमा विश्वास नगर्न आग्रह गरेका छन्।

मेची-महाकाली समाजवादी जागरण अभियानको दोस्रो दिन सोमबार राजविराजको गजेन्द्र चोकमा आयोजित कोणसभामा बोल्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले पटक-पटक निराशाजनक कुरामा नलागी उत्साहको प्रचार गर्न आग्रह गरे।

उनले कृषि, उद्योगको विकास, रोजगार, पर्यटनको प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र सुशासनको विशाल योजना आफूसँग रहेको बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा जनताको मर्यादित र सम्मानपूर्ण जीवनका लागि जनतासँग जोडिन समाजवादी जागरण अभियानको थालनी गरिएको नेपालले बताए। सभालाई सम्बोधन गर्दै पार्टी नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले जनतालाई सेवा, सुविधा दिन नसक्ने अहिलेको सरकारको औचित्य सकिएको बताए। 

'ठीक ढंगले जनताको आवाज सम्बोधन गर्न नसक्ने र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने सरकारको काम छैन,' नेता खनालले भने, 'विभेद् र शोषण बढदै गएको छ। धनी र गरिब बीचको खाडल फराकिलो बन्दैछ। खिचडी, संसद र सरकारले ठीक ढंगले काम गर्न नसक्दा राजनीति संकट गहिरिँदै गएको छ,' उनले भने।

अस्थिरताको चक्रतर्फ देशलाई धकेल्ने काम भएको बताउँदै उनले पुँजीवादलाई छाडेर समाजवादको दिशामा अगाडि बढन जरुरी रहेको बताए। तीन वर्षभित्र कार्यान्वयन गर्नुपर्ने संविधान प्रदत्त मौलिक हकका लागि कुनै सरकारले ऐन, कानुन बनाउन ध्यान नदिएको खनालले बताए। आइतबार झापाको काँकडभिट्टाबाट सुरू भएर सुर्खेतमा समापन हुने यात्राका क्रममा सोमबार सुनसरीको इटहरी, इनरुवा, झुम्का हुदै अभियानको टोली राजविराज आएको हो। मंगलबार सप्तरीको छिन्मस्ता र सिरहाको भगवानपुरमा कार्यक्रम रहेको अभियानको प्रचार समितिका लेखनाथ शिकारुले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.