बुक बिल्डिङमा ‘ऐतिहासिक’ फड्को

बुक बिल्डिङमा ‘ऐतिहासिक’ फड्को
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेवोन)ले पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति दिएको छ। यो बुक बिल्डिङको सवालमा अहिलेसम्मकै ऐतिहासिक फड्को हो।

बोर्डले असोज २९ गते सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति दिएको हो। यसअनुसार सर्वोत्तम सिमेन्टले प्रतिसेयर ४०१ रुपैयाँ कट अफ मूल्यमा बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो। 

तर कम्पनीले भने प्रतिकित्ता ५ सय १ देखि ७ सय ५१ रुपैयाँ १० पैसासम्ममा बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने अनुमति मागेको थियो। सर्वाेत्तमले बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न गत वर्षको असार २८ गते बोर्डमा निवेदन दिएको थियो।

यो विधिको सुरुवातले संस्थागत लगानीकर्ता र महत्त्वपूर्ण क्रेताहरूको व्यापक सहभागितामा आईपीओको समतामूलक निष्कासनलाई प्रवर्द्धन गर्दै मूल्य पत्ता लगाउने माध्यमको रूपमा काम गर्छ।
रमेश हमाल, अध्यक्ष

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले गरेको छ। कम्पनीले २४ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ। यसको मूल लगानीकर्ता विष्णु न्यौपाने रहेका छन्। 

आफ्नो कार्यअवधिमा बुक विल्डङ विधिलाई कार्यान्वयनमा ल्याएर ऐतिहासिक सफलता हासिल गरेको बताउँछन् सेवोनका अध्यक्ष रमेश हमाल। उनी भन्छन्, ‘यो विधिको सुरुवातले संस्थागत लगानीकर्ता र महत्वपूर्ण क्रेताहरूको व्यापक सहभागितामा आईपीओको समतामूलक निष्कासनलाई प्रवद्र्धन गर्दै मूल्य पत्ता लगाउने माध्यमको रूपमा काम गर्छ।’ 

यसले सार्वजनिक रूपमा जाने कम्पनीलाई पर्याप्त पुँजी सुरक्षित गर्न र सम्भावित खरिददारबाट मूल्य निर्धारण अन्तरदृष्टि संकलन गर्न सक्षम बनाउने उनको भनाइ छ। आईपीओको लागि बुक–बिल्डिङ दृष्टिकोणलाई प्रयोग गर्नाले सेयर मूल्यको पारदर्शिता र प्रतिस्पर्धात्मकतामा सुधार हुने उनको ठहर छ। हमालका अनुसार बुक–बिल्डिङ प्रक्रियाको थालनीले आईपीओ जारी गर्न हिचकिचाउने धेरै लगानीकर्ता र कम्पनीलाई विचार गर्न प्रोत्साहित गर्नेछ। यसले थप राजस्व उत्पन्न गर्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन मद्दत गर्ने उनको भनाइ छ। यससँगै अब बुक बिल्डिङको पाइपलाइनमा रिलायन्स स्पिनिङ मिल्सजस्ता कम्पनी रहेको बताइएको छ। 

  •     सर्वोत्तम सिमेन्टलाई प्रतिसेयर ४ सय १ रुपैयाँमा आईपीओ निष्कासन गर्न स्वीकृति।
  •     धितोपत्रको आईपीओ जारी गर्ने विधि बुक विल्डिङ विधि हो।
  •     अन्तर्राष्ट्रिय अभ्यासमा बुल बिल्डिङ प्रक्रियालाई सबैभन्दा वैज्ञानिक मानिन्छ। 

धितोपत्रको आईपीओ जारी गर्ने विधि बुक विल्डिङ विधि हो। यसबाहेक निश्चित मूल्य विधिबाट आईपीओ जारी गरिन्छ। तर बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्दा बजारले निर्धारण गरेको मूल्यमा हुने गर्दछ। बुक बिल्डिङ आईपीओ जारी गर्ने एक प्रक्रिया हो जसमा निष्कासनकर्ता कम्पनीले प्रस्ताव गरिने मूल्य निर्धारण प्रक्रिया हो। कुनै सामान्य व्यवसाय गरिरहेको कम्पनी आईपीओ जारी गर्न चाहन्छ भने उसले प्रतिकित्ता १०० रुपैयाँ वा सेयर संख्यालाई टुक्राएर १० रुपैयाँको गुणक हुने मूल्यमा जारी गर्न सक्छन्। 

अन्तर्राष्ट्रिय अभ्यासमा बुल बिल्डिङ प्रक्रियालाई सबैभन्दा वैज्ञानिक मानिन्छ। बुक बिल्डिङ प्रणालीले उच्च नाफा कमाउने कम्पनीलाई आफ्नो नेट वर्थको उचित मूल्यमा सेयर जारी गरी सेयर बजारमा प्रवेश गर्न प्रोत्साहित गर्छ। बुक बिल्डिङ प्रणालीको मार्फत बजारमा स्थापित तथा उत्कृष्ट वित्तीय विवरण भएका कम्पनीले उचित मूल्यमा सेयर जारी गर्ने अवसर सिर्जना हुन्छ। जसबाट धितोपत्र बजारको विकासमा सघाउ पुग्ने विश्वास गरिन्छ। साथै, वास्तविक क्षेत्रका कम्पनीलाई आईपीओ जारीमार्फत पुँजी परिचालन गरी पुँजी बजारमा प्रवेश गर्न थप मद्दत पुग्छ।

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दा आईपीओ जारी गर्ने कम्पनीले निष्कासन तथा विक्री प्रबन्धकको सहयोगमा योग्य संस्थागत लगानीकर्तासँग उनीहरूले चाहेको न्यूनतम खरिद संख्या, आशय मूल्य र सो को मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग हुन्छ, त्यसपछि योग्य संस्थागत लगानीकर्ताले आवश्यक अध्ययन गरी आशय मूल्य पेस गर्छन्। त्यही आशय मूल्यको आधारमा बिक्री मूल्य सीमा (कट अफ मूल्य) निर्धारण हुन्छ। यो मूल्यमा योग्य संस्थागत लगानीकर्ताले सेयर खरिद गर्छन् भने सर्वसाधारणले यो मूल्यको १० प्रतिशत कम तिर्नु पर्नेछ। 

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.