एक्यापको नवीकरण

एक्यापको नवीकरण
सुन्नुहोस्

पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नवीकरणको अन्योलतालाई तोड्दै सरकारले २०८५ सालसम्मका लागि व्यवस्थापकीय जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई दिएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को २०७७ माघ ३ गतेदेखि नवीकरण नभएको अवस्थामा पुस ५ गतेको मन्त्रिपरिषद्को निर्णयबाट अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय गरेको हो ।  

मन्त्रिपरिषद्को यो निर्णयसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) समुदायलाई हस्तान्तरण गर्ने कि कसले र कसरी चलाउने भन्ने अन्योल ५ वर्षसम्मका लागि अन्त भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक प्रवेश शुल्कबाट सबैभन्दा धेरै आम्दानी हुने संरक्षण क्षेत्र हो ।

यसैले यस संरक्षण क्षेत्रको आम्दानीमा तीन तहकै सरकारको आँखा लाग्दै आएको छ । तर, संरक्षणमा भने तीन तहकै सरकारको ध्यान गएको पाइँदैन । संरक्षण र पर्यटन आगमनमा नाम कमाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र स्थानीय निकायबीच समन्वय हुन नसक्दा स्थानीयले संरक्षण क्षेत्रको सरकारी जमिनमा आफूखुसी होटल, रेस्टुरेन्ट बनाएका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को म्याद थप भएसँगै आयोजनाले स्थानीय निकायसँग समन्वय गरेर संरक्षण क्षेत्रमा जुट्नु पर्ने देखिन्छ । संरक्षण क्षेत्रमा हुने जडीबुटीको चोरी, वन्यजन्तुको सिकार नियन्त्रणमा पनि पछिल्लो समयमा चुनौती थपिएको छ । संरक्षण क्षेत्रका बस्ती नभएका क्षेत्रमा पनि सडक सञ्जाल विस्तारले वन्यजन्तु, जडीबुटी संरक्षणमा चुनौती थपिएको संरक्षणविद् डा. हुम गुरुङ बताउँछन् । 

स्थानीय सरकार, प्रदेश सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) आफूहरूले व्यवस्थापन  गर्न पाउनु पर्ने माग बेलाबेलामा राख्दै आएको अवस्थामा आयोजनालाई संरक्षण र पर्यटन सँगसँगै प्रभावकारी रूपमा लग्नुपर्ने दायित्व आयोजनालाई आएको छ ।
 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.