बुटवलमा सरकार विरुद्ध विरोध प्रदर्शन
बुटवल : सरकारविरुद्ध बुटवलमा विरोध प्रदर्शन गरिएको छ। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देही कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन र राके जुलुससहित विरोध प्रदर्शन गरेको हो।
‘सरकार सकिन्छ रोजगारी दे, नसके शान्तिपूर्ण वातावरणमा बस्न दे’ भन्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन्। बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन ट्राफिकचोकमा पुगेर कोणसभा गरिएको थियो।
अनेरास्ववियुका रुपन्देही इन्चार्ज साजन भण्डारी र जिल्ला अध्यक्ष भरत अर्यालले युवाहरूलाई रोजगार दिनुको साटो सरकारले विदेशमा गएर काम गर्ने वातावरण युवाहरूलाई दिन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए।
विरोधमा उत्रिएका केही युवाहरूलाई प्रहरीले पक्राउ गरे पनि केही समयपछि छाडेको थियो।
प्रतिक्रिया दिनुहोस !