बुटवलका एक युवा ११ दिनदेखि बेपत्ता

बुटवलका एक युवा ११ दिनदेखि बेपत्ता

बुटवल : काठमाडौंबाट बेपत्ता भएका बुटवलका एक युवा ११ दिनसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन्। बुटवल उपमहानगरपालिका-१२ बेलवासस्थित झोलुंगेपुल निवासी ३५ वर्षीय सुदीप ज्ञवाली पुस १२ गतेदेखि बेपत्ता भएका हुन्।

काठमाडौंबाट बुटवल घर आउने भनेर नयाँ बसपार्कबाट हिँडेका ज्ञवाली सम्पर्कमा नआउँदा परिवार पीडामा तड्पिएका छन्। ‘अंग्रेजी नयाँ वर्ष मनाउन भनेर काठमाडौंबाट हिँड्नुभएको थियो’, ज्ञवालीकी सासुआमा सरस्वती मरासिनीले भनिन्,‘घरपरिवारमा कुनै समस्या थिएन। उहाँ पनि ठिकै हुनुहुन्थ्यो। खै किन एक्कासि यस्तो भयो केही बुझ्न सकिएन।’

दिउँसोसम्म ‘ह्वाट्सअप’मा कुराकानी भएपनि साँझ सवा सात बजेपछि एक्कासि बेखवर भएको उनले सुनाइन्। माघ १ गते श्रीमती झरना मरासिनीको जन्मदिन मनाउन आउने तयारी भए पनि ज्ञवाली अंग्रेजी नयाँ वर्ष मनाउन काठमाडौंबाट हिँडेका हुन्। 

केही दिनअघि चितवनको नारायणगढ, मुग्लिङ क्षेत्रमा उनको मोबाइल सम्पर्क देखाए पनि त्यहाँ उनी भेटिएनन्। दशै, तिहार र छठपर्व मनाएर उनी काठमाडौं गएका थिए। तीन वर्षअघि बिहे भएका ज्ञवालीका १४ महिनाका छोरा छन्। 

घरपरिवारले इलाका प्रहरी कार्यालय बुटवल र प्रहरी प्रधान कार्यालय महाराजगन्जमा खोजी गरिदिन निवेदन दिएका छन्। ज्ञवालीले काठमाडौंको एक औषधि कम्पनीमा मार्केटिङका रूपमा काम गर्दै आएका थिए। ज्ञवालीको पहाड घर अर्घाखाँचीको पाणिनी गाउँपालिका-३ स्थित खिदिममा हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.