लन्डनमा रेनु दाहालले बुझिन् 'इन्टरनेसनल मेयर अवार्ड '

लन्डनमा रेनु दाहालले बुझिन्  'इन्टरनेसनल मेयर अवार्ड '
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

लन्डन : चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बेलायतमा एक 'अन्तर्राष्ट्रिय अवार्ड' प्राप्त गरेकी छन्। बेलायती तल्लो सदन हाउस अफ कमन्सको टेरास पेभिलियनमा बिहीबार साँझ आयोजित समारोहमा उनले 'इन्टरनेसनल मेयर अवार्ड' ग्रहण गरेकी हुन्। 

इपीजी नामक आर्थिक तथा रणनीतिक परामर्श फर्मको आयोजनामा विगत १६ वर्षदेखि वितरण हुँदै आएको पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डको होस्ट बेलायती सांसद भ्यालिरी भाज हुन्। सोही अवार्डअन्तर्गत् इन्टरनेसनल मेयर विधामा यस वर्ष पहिलोपटक नेपालबाट दाहाललाई अवार्ड दिइएको हो। 

उक्त अवसरमा मेयर दाहालसँगै लन्डन मेयर सादिक खानले लोकल गभर्मेन्ट अवार्ड ग्रहण गरे। त्यस्तै,मोरिससकी पहिलो महिला राष्ट्रपति अमिना गुरिव फकिमलाई इन्टरनेसनल वुमन अफ द इयर अवार्डले सम्मान गरियो । 

बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेन,मन्त्री रोबर्ट हाल्फन,भारतीय पूर्वमन्त्री सुरेश प्रभाकरलगायतले पनि विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए। त्यस्तै,अवार्ड पाउने अन्यमा इन्टरकन्टिनेन्टल होटेल लन्डन, मसाला जोन रेष्टुरेन्ट, एसबिआइ बैंक, सनराइज रेडियोदेखि वकिल, डाक्टर, पत्रकार, व्यवसायी, समाजसेवीसहित केही बेलायती सांसदहरू पनि थिए। 

मेयर दाहालले आफ्नो अवार्ड लन्डन मेयर सादिक खानको हातबाट ग्रहण गरेकी हुन् । त्यसअघि मेयर खानले पनि अवार्ड पाएका थिए भने मेयर दाहालको हातबाट पनि केही बेलायती सांसद तथा पेशाकर्मीहरुले अवार्ड थापेका थिए। 

दाहाललाई अवार्डका लागि मञ्चमा आमन्त्रण गर्दा नेपालका प्रधानमन्त्रीकी छोरी र राजनीतिक उत्तराधिकारीका रुपमा परिचय गराइएको थियो। अवार्ड ग्रहण गर्दै मेयर दाहालले वेस्टमिन्स्टरजस्तो प्रतिष्ठित स्थानमा आएर सम्मान प्राप्त गर्दा गौरव लागेको बताइन्। 

भरतपुर महानगरमा आफ्नो नेतृत्वमा भइरहेका विकास र सुधारका कामहरु अन्तरराष्ट्रिय स्तरबाट पनि मुल्यांकन भएको थाहा पाउँदा खुशी लागेको उनले सुनाइन्। देश र जनताको पक्षमा काम गर्ने आफ्नो हौसला प्राप्त अवार्डले झन् बढाएको र थप उत्साहित बनाएको उनको प्रतिक्रिया थियो। 

अवार्ड समारोहमा बेलायती सांसदहरू,विभिन्न मुलुकका राजदूत एवम् कुटनीतिक प्रतिनिधि,समाजसेवी,व्यवसायीलगायतको उपस्थिति थियो। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य,लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल,समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछानेसहित सहभागी थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.