लागुऔषधसहित दुई युवा पक्राउ
उदयपुर : उदयपुरका अलग–अलग स्थानबाट ७५ एम्पुल लागुऔषध सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको ईटरुवाविष्णुपुर गाउँपालिका-४ का २७ वर्षीय जगन्नाथ दास र उदयपुरको त्रियुगा नगरपालिका-६ का २७ वर्षीय वीरेन्द्र मरिक रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाका अनुसार शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले चौदण्डीगढी नगरपालिका-६ बेल्टारबाट फेनारगन, डाईजोपाम र व्रुपिनफिन गरी ६० एम्पुल नियन्त्रित औषधिसहित दास पक्राउ परेका हुन्।
त्यसैगरी प्रहरी चौकी लालपताबाट खटिएको टोलीले त्रियुगा नगरपालिका-६ बाट फेनारगन, डाईजोपाम र व्रुपिनफिन गरी १५ एम्पुल नियन्त्रित औषधिसहित मरिक पक्राउ परेको उनले बताए। दुवैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी थापाले बताए।