एमाले आफैं राष्ट्रिय शक्ति हो,निर्वाचनबाट निर्णायक शक्ति बनाऔं : वरिष्ठ उपाध्यक्ष पोखरेल

एमाले आफैं राष्ट्रिय शक्ति हो,निर्वाचनबाट निर्णायक शक्ति बनाऔं : वरिष्ठ उपाध्यक्ष पोखरेल
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई निर्णायक शक्ति बनाउनुपर्ने बताएका छन्। आइतबार ‍एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन गर्दै पोखरेलले मुलुकलाई अघि बढाउनका लागि एमालेलाई बलियो बनाउँदै आगामी निर्वाचनमा राष्ट्रिय रुपमा निर्णायक विन्दुमा पुर्‍याउनुपर्ने बताएका हुन्।

उनले भने,‘एमाले आफैं राष्ट्रिय शक्ति हो। राष्ट्रिय शक्तिमात्रै भएर हुँदैन। निर्णायक शक्ति बनाउन योजनाबद्ध रुपमा लाग्नुपर्छ। आगामी निर्वाचनमा राष्ट्रिय रुपमा निर्णायक विन्दुमा पुर्‍याउनुपर्छ।’ उनले भने,‘एमाले कमजोर हुँदा मुलुक कमजोर हुन्छ। एमाले बलियो हुँदा राष्ट्रपनि बलियो भएर अगाडि बढ्छ। एमालेरुपी राष्ट्रिय शक्ति बनाउन सबै नेता कार्यकताका साथै सिंगो पार्टीपङ्ति लाग्नुपर्छ।’

उनले पब्लिक अडिटमा बेरुजु निस्कने छुट एमालेलाई नभएको बताए। पोखरेलले भने,‘हाम्रो बारेमा पब्लिक अडिट हुन्छ भन्ने हामीले बुझ्न जरुरी छ। पब्लिक अडिटमा बेरुजु देखियौं भन्ने हामी उपयोगी हुन सक्दैनौं।’

पोखरेलले बैठकले गरेको निर्णयहरुका आधारमा राष्ट्रिय शक्तिलाई सुदृढ गर्नुपर्ने बताए। उनले जनतामा लोकप्रिय रहेका व्यक्तिलाई एमालेको नेतृत्वमा ल्याउनुपर्ने धारणा राखे। संगठन सुदृढ नभए पार्टी कमजोर हुने भएकाले एमालेलाई विचार, संगठन, नेतृत्वमा बलियो बनाउनुपर्ने उनको जोड छ।

कार्यक्रममा रामप्रित पासवान, पृथ्वी चन्द चौधरी लगाएत एमाले प्रवेश गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बरिष्ठ उपाध्यक्ष पोखरेलले बैठकको अध्यक्षता गर्दै बैठक समापन गरेका हुन्। दुई दिनसम्म चलेको बैठकमा करिब दुई हजार पाँच सय सहभागी रहेका थिए। एमालेले सोमबार हिरक महोत्सव मनाउँदैछ।

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.