लागुऔषधसहित भारतीय नागरिक पक्राउ

लागुऔषधसहित भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

महोत्तरी : प्रहरीले महोत्तरीको पिपरा गाउँपालिकाबाट लागुऔषधसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

ज१ह २७३४ नम्बरको टेम्पुलाई प्रहरीले चेकजाँच गर्दा सोभित्र उक्त परिमाणको लागूऔषध फेला परेको हो। सो क्रममा प्रहरीले खानतलासी गर्दा सोही टेम्पुमा सवार भारत मधुवनी जिल्ला रामपुर बिरिज बस्ने वर्ष ३० को चुलाई भन्ने महमद गुल्जारलाई  नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गुल्जारसँग रहेको कालो र गुलावी रंगको ब्याग भित्र फेनारगन ४८९ पिस, ट्यालगेसपस ४९१ पिस र डाइजेपाम ४८८ पिस बरामद गरेको हो।

लागुऔषध सहित फेला परेकाले महमद गुल्जारलाई नियन्त्रणमा लिई आवश्‍यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई आवश्‍यक अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.