प्रतिनिधिसभा बैठक (लाइभ)
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा चारवटा मन्त्रालयका लागि छुट्याइएको विनियोजन बजेटमाथि छलफल हुने कार्यसूची छ।
सहरी विकास, रक्षा, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुनेछ। योसँगै सांसदहरूले दर्ता गरेको खर्च कटौतीको प्रस्ताव पनि पेश हुने कार्यसूचीमा उल्लेख छ।
मंगलबारदेखि विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथि छलफल सुरू भएको हो। मंगलबार शिक्षा तथा विज्ञान प्रविधि,कृषि तथा पशुपन्छी विकास र श्रम तथा रोजगार मन्त्रालयको बजेटमाथि छलफल भएको थियो।