नेप्से परिसूचक सामान्य अंकले घटेपनि ६ अर्बमाथिको सेयर कारोबार

नेप्से परिसूचक सामान्य अंकले घटेपनि ६ अर्बमाथिको सेयर कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.१९ प्रतिशतले घटेर ३७४.१८ विन्दुमा पुगेको छ।

एकल अंकले घटेको बजारमा ६ अर्ब रुपैयाँ बढिको सेयर कारोबार भएको छ।  यसदिन ३१३ स्क्रिप्सको १ करोड ४२ लाख  ९४ हजार ७१२ कित्ता सेयर ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँमा खरिदबिक्री भए। नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ।

बुधबार ५ अर्ब ८९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समृद्धि फाइनान्स,कुथेली बुखारी र साधना लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यसैगरी सप्तकोशी डेभलपमेन्टको सेयर ९.८२ प्रतिशतले बढ्दा बराही हाइड्रोपावरको सेयर ९.७४ प्रतिशतले बढ्यो। कारोबार  रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी एनआरएन इन्फ्रास्टक्चरको २९ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा समृद्धि फाइनान्सको १७ करोड,साधना लघुवित्त वित्तीय र सीईडीबी हाइड्रोपावरको १२/१२ करोड बराबरको कारोबार भयो। कारोबारमा आएका ९३ स्टकको मूल्य बढ्दा १४८ वटाको मूल्य घट्यो भने ५ वटाको स्थिर रह्यो।

डेभलपमेन्ट र फाइनान्स समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.