रोल्वालिङ क्षेत्रमा पर्यटक अलपत्र, बाढीले ५ वटा पुल बगायो

रोल्वालिङ क्षेत्रमा पर्यटक अलपत्र, बाढीले ५ वटा पुल बगायो
सुन्नुहोस्

दोलखा : गौरीशंकर गाउँपालिकाको रोलवालिङ क्षेत्रमा गएको पहिरोले पुल बगाएपछि पर्यटकहरू अलपत्र परेका छन्। पर्यटकीय गाउँ ना र बेदिङको बीचमा ठूलो पहिरो गएपछि १० जना पर्यटकहरू अलपत्र परेका हुन्। १० जनामा छ जना रोल्वालीङ घर भै काठमाडौ बस्ने र चार जना उनीहरूको साथी रहेको स्थानीयले बताएका छन्। 

केही दिनदेखिको अविरल वर्षाका कारण रोल्वालीङ क्षेत्रमा आवतजावत बन्द हुँदा बेदीङ र ना गाउँका वासिन्दाको दैनिकी पनि प्रभावित बनेको छ। गौरीशङ्कर गाउँपालिका वडा नम्बर-९ मा पर्ने यो क्षेत्र च्छो- रोल्पा हिमताल जाने मुख्य मार्ग हो। बाढीले यो मार्गमा पर्ने पाँच वटा खोलाको पुल बगाएको र ठाउँ-ठाउँमा पहिरो गएकोले बेदीङ र ना गाउँमा समस्या परेको वडा नम्बर-९ का वडा अध्यक्ष निमागेली शेर्पाले बताए।

च्छो-रोल्पा जाने मुख्य मार्गमा पर्ने बेदीङ र ना गाउँमा ७० वटा घर रहेको छ। ठाउँ-ठाउँमा पहिरो गएपछि ड्वाङभन्दा माथि जाने अवस्था छैन। बेदीङ र ना गाउँका झण्डै ६० जनाको दैनिकी कष्टकर बनेको वडा अध्यक्ष ङिमगेलीको भनाइ छ । बेदीङ र ना गाउँका स्थानीयले च्छो-रोल्पा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको लागि होटल व्यवसायसँगै हिमाली याक पालन समेत गर्दै आएका छन्। बेदीङ र ना गाउँमा एक सय ५० भन्दा बढी हिमाली याक रहेकोले पनि उनीहरूलाई थप समस्या भएको वडा अध्यक्ष निमागेलीको भनाइ छ।

बेदीङ र ना गाउँका स्थानीयसंग टेलिफोनमा कुरा भइरहेको छ। उनीहरूलाई धेरै समस्या पर्‍यो भने  पालिका र जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेर हेलिकप्टरबाटै भए पनि राहतको व्यवस्था गर्ने वडाध्यक्षको भनाइ छ। 'पर्यटकहरू ना गाउँका बासिन्दासँगै बसेका छन्। मौसममा सुधार हुनासाथ हेलिकप्टरबाट उनीहरूको उद्धार गरिने प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए। सेनाको हेलिकप्टर आउने तयारी छ। तर, प्रतिकुल मौसमका कारण छिटो उद्दार गर्न सकिएन,' उनले भने।

त्यस्तैगरी मंगलबार परेको अविरल बर्षाले गौरीशंकर गाउँपालिका-७ खानी खोलामा निर्माणाधीन सासा जलविद्युत् आयोजनाको बाँधस्थलमा पूर्णरुपले  क्षति पुर्‍याएको छ। ३० मेगावाट क्षमताको निर्माणाधीन आयोजनाको बाँधस्थलका संरचना बगाउनुका साथै सवारीसाधनलाई पनि बाढीले क्षति गरेको सासा जलविद्युत् आयोजनाको स्टोर किपर लाक्पा शेर्पाले बताए। ९५ प्रतिशत काम सम्पन्न भइसकेको सासाको हेडवक्र्समा बाढील ठुलो क्षति पुर्‍याएपछि आगामी दशैँमा बिद्युत उत्पादन गर्ने लक्ष्य पूरा नहुने भएको छ। बाढी पहिरोले करोडौंको क्षति भएपनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको लाक्पाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.