मोरङमा कुखुरा फार्म सञ्चालकको हत्या

मोरङमा कुखुरा फार्म सञ्चालकको हत्या
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर  : मोरङमा कुखुरा फार्म सञ्चालकको हत्या भएको छ । सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या भएको हो । प्रहरीका अनुसार बजगाईंले घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए ।

 फार्मभित्रै बिहीबार बिहान १०:३० बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार हत्या कसले गरेको हो भन्ने खुल्न बाँकी छ ।  ‘बजगाईंले खुकुरा फार्ममा काम गर्नका लागि एक दम्पती (पति–पत्नी) लाई राखेको खुलेको छ । 

फार्मभित्रै शव फेला परेको भए पनि दम्पती त्यहाँ भेटिएनन्,’ डीएसपी बस्नेतले भने, ‘घटना उनीहरुले नै गराएको हो कि भन्ने आशंका छ । अनुसन्धानपछि मात्रै हत्यामा संलग्नका बारेमा पत्ता लाग्छ ।’ घटनास्थलमा नभेटिएका कारण हत्या गरेर फार्ममा काम गर्न राखिएका दम्पती फरार भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । 

घटनास्थलमा एउटा बन्चरो र दाउ फेला परेको छ । दुवै हतियार रगत लतपतिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । ‘मृत फेला परेका बजगाईंको टाउको क्षतविक्षत अवस्थामा छ । शरीरका अन्य भागमा पनि चोटपटक छ । घटनास्थलको अवस्थाले नै हत्या भएको हो भनेर प्रष्ट पार्छ,’डीएसपी बस्नेतले भने । 

बन्चरो र दाउले टाउकोलगायत शरीरका विभिन्न भागमा प्रहार गरेर हत्या गरेजस्तो देखिने उनले बताए । इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ । दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाउँदै हत्यामा संलग्नको खोजी तीव्र पारेको जानकारी बस्नेतले दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.