आलुको लेवलिङ, प्याकेजिङ र बजारीकरण
दोलखा : दोलखाको शैलुङ गाउँपालिका– ८ ले आलुको लेवलिङ र प्याकेजिङको काम सुरु गरेको छ। शैलुङ सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्र हो। वडा नम्बर ८ का १५ सय घरधुरीको मुख्य पेसा कृषि र त्यसमा पनि आलु नै रहेको छ।
पहिला शैलुङमा यातायातको सुविधा थिएन। कृषकले उत्पादन गरेको आलु बोकेर मुडेको बजारमा लगेर बेचिने गरिन्थ्यो तर सबै ठाउँमा मुडेको आलु भनेर चिनिन थालियो। उत्पादन शैलुङले गर्ने अनि नाम सिल्धुपाल्चोक जिल्लाको मुडेको हुने हँुदा काठमाडौंमा प्रचार पनि शैलुङकै होस् भनेर वडाले शैलुङमा रहेको एकीकृत शैलुङ साना किसान कृषि सहकारी संस्थाको सहयोगमा लेवलिङ, प्याकेजिङ र बजारीकरणको काम सुरु गरेको हो।
आलु उत्पादनको पकेट क्षेत्रको रूपमा रहेको शैलुङमा यस वर्षबाट कृषकहरूले उत्पादन गरेको आलुको पहिचान गराउने उद्देश्यले शैलुङको आलु लेखिएको झोला बनाई वडाले आलुुको लेवलिङ र प्याकेजिङको काम सुरु गरेको हो। ५० किलो ग्रामको २ हजार थान बोरा, १० किलो ग्रामका ३ सय २० थान र ५ किलो ग्रामको ७ सय थान झोला तयार गरिएको छ। जसका लागि वडाको ७५ प्रतिशत अनुदानमा कृषि सहकारी संस्थाले होलसेमा आलु बिक्रीवितरण गर्ने योजना बनाएको छ। कृषि सहकारीमार्फत यस वर्षबाट कृषकहरूको आलुसमेत संकलन गरी बिक्री सुरु गरेको छ।