पर्यटन व्यवसायी श्रेष्ठको निधनप्रति सभापति देउवाले गरे दुःख व्यक्त

पर्यटन व्यवसायी श्रेष्ठको निधनप्रति सभापति देउवाले गरे दुःख व्यक्त
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पर्यटन व्यवसायी तथा द्वारिकाज होटल एवं रिसोर्टका सञ्चालक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको ९२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार निधन भएको हो।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। सभापति देउवाले स्व. श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

सन् १९३३ फेबु्रअरीमा भारतको सिक्किममा जन्मिएकी अम्बिका नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विवाह गरेपछि काठमाडौं छिरेकी थिइन्। श्रेष्ठ दम्पती मिलेर बत्तीसपुतलीमा गोठबाट व्यवसाय सुरु गरे। उनीहरूले नेपाली कला र संस्कृतिलाई होटल व्यवसायको माध्यमबाट विश्वभर चिनाउने भूमिका निर्वाह गरे। 

द्वारिकाज होटल सम्पदा होटलका रूपमा नेपालमा मात्र नभई विश्वमा प्रसिद्ध छ। श्रीमान्को मृत्युपछि अम्बिकाले हरेस खाइनन्। बरु द्वारिकाजलाई नयाँ उचाइमा लैजान सफल भइन्।  उनले नेपालको समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सुन्दरताको प्रवर्द्धनमा आफ्नो जीवन समर्पित गरिन्। 

फरकपनकै कारण द्वारिकाज होटलमा बस्न मात्रै पनि विदेशीहरू नेपाल आउने गरेको अन्य पर्यटन व्यवसायी बताउँछन्। पुराना वस्तुहरूको जगेर्ना गर्दै नेपाली संस्कृतिलाई द्वारिकामा आकर्षक ढंगले सजाइएको छ। नेपालको पहिलो बुटिक होटलका रूपमा पनि द्वारिकाज मानिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.