अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग

क्यानका महानिर्देशक प्रदीप अधिकारीको मागियो राजीनामा

क्यानका महानिर्देशक प्रदीप अधिकारीको मागियो राजीनामा

सांसद राणाले हवाई सुरक्षामा गम्भीर कमजोर गरेको भन्दै महानिर्देशक अधिकारीको राजीनामा मागेका हुन्। राजीनामा नदिए महानिर्देशक अधिकारीलाई सरकारले अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग समेत गरे।

काठमाडौं : नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग गरिएको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले प्राधिकरणका महानिर्देशक अधिकारीको राजीनामा माग गरेका हुन्।

उनको कार्यकालमा एकपछि अर्को हवाई दुर्घटना हुनथालेपछि राजीनामा दिनुपर्ने सांसद राणाले माग गरेका हुन्।

यसअघि संसदीय समितिमा पनि सांसद राणाले हवाई सुरक्षामा गम्भीर कमजोर गरेको भन्दै उनको राजीनामा मागेका थिए। उनकै कमजोरीले हवाई दुर्घटना भएको भन्दै संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा राणा राजीनामा दिनुपर्ने माग गरेका थिए। समिति बैठकमा अधिकांश सांसदहरूले समेत क्यान नेतृत्वको क्षमता र कार्यशैलीमाथि प्रश्न उठाएका थिए । 

अधिकारी प्राधिकरणको महानिर्देशक बनेपछि ७ वटा हवाई दुर्घटना भएको र त्यसमा ११८ बढी मानिसले ज्यान गुमाएको भन्दै नैतिक प्रश्न उठिसकेकाले तत्काल राजीनामा राणाको भनाइ छ। राजीनामा नदिए महानिर्देशक अधिकारीलाई सरकारले अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग समेत गरे।

'फेब्रुअरी २०२२ मा नियुक्त भएका डीजीले साढे दुई वर्ष प्राधिकरणको जिम्मेवारी लिनुभएको छ। उहाँको कार्यकालमा ७  वटा हवाई दुर्घटना भएका छन्। ११८ भन्दा बढी यात्रुको मृत्यु भएको छ।समितिको मिटिङमा उहाँले हवाई दुर्घटनाको आफूले जिम्मेवारी लिन्छु भन्नु भएको थियो। यो भन्दा पनि पहिले उहाँले यस्तै भन्नु भएको थियो,'उनले प्रश्न गरे,' राजीनामा दिनुपर्दैन?  डीजीले राजीनामा नदिए नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म सस्पेन्ड गर्नु पर्दैन?

उनले हवाई दुर्घटनामा प्राधिकरणको जिम्मेवारी हुन्छ कि हुँदैन ? भन्दै अर्को प्रश्न गरे।  भने,'हवाई दुर्घटनाको प्राधिकरणको कहिले दोष हुँदैन ? प्राधिकरणले कहिले जिम्मेवारी लिनुपर्देन?

सन् १९६२ देखि हालसम्म नेपालमा ७२ वटा हवाई दुर्घटना भएको र त्यसमा ९३५ जनाले ज्यान गुमाएको उनको भनाइ छ।  दुर्घटनापछि बनेका आयोगका रिपोर्टहरूले पनि पाइलट,हवाई जहाज र मर्मतका नाममा दोषी देखाउने तर , प्राधिकरणलाई दोषी करार नगरेको उनको भनाइ छ।

गत बुधबार मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.