मोरङको उर्लाबारीमा छुरा प्रहारबाट युवकको हत्या

मोरङको उर्लाबारीमा छुरा प्रहारबाट युवकको हत्या
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारीमा छुरा प्रहार गरेर मंगलबार साँझ युवकको हत्या गरिएको छ। प्रहरीका अनुसार उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्या भएको हो। उनीमाथि उर्लाबारी-५ मा साँझ ६ बजेतिर छुरा प्रहार भएको जानकारी प्रहरीले दिएको छ। 

गम्भीर घाइते दाहाललाई उर्लाबारीमा सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उपचारका क्रममा चिकित्सकले राति ८ बजेतिर मृत घोषित गरेका हुन्।

घटना सुवास तामाङको घरमा भएको उनले बताए। तामाङले नै दाहाललाई छुरा हानेको हुनसक्ने बस्नेतले बताए। उनका अनुसार आपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएको खुलेको छ। घटनापछि उनी फरार छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले खोजी तीव्र बनाएको छ। 

प्रहरीका अनुसार तामाङ यसअघि पनि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका थिए। व्यक्ति हत्या गरेर जेल परेका उनी कैद सजाय भुक्तान गरेर केही दिनअघि मात्रै छुटेको जानकारी बस्नेतले दिए। उनका अनुसार दाहाल कसरी तामाङको घरमा पुगे र के कारणले घटना भएको हो भनेर यकिन भइसकेको छैन। घटनामा तामाङको मात्रै कि अरूको पनि संलग्नता छ भनेर खुल्न बाँकी रहेको डीएसपी बस्नेतले बताए। उनका अनुसार अनुसन्धानपछि घटनाको कारण पत्ता लाग्ने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.