दुई मन्त्रालयका लागि ७० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

दुई मन्त्रालयका लागि ७० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले दुईवटा मन्त्रालयका लागि ७० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले यसबारे जानकारी गराएका हुन्।

उनका अनुसार महिला बालबालिका तथा  ज्येष्ठ नागरिका मन्त्रालयअन्तर्गतका कार्यालय तथा कार्यक्रमहरूका लागि आर्थिक वर्ष  २०८१/८२ का लागि आवश्यक राजपत्रांकित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तरगतका  लागि आर्थिक वर्ष २०८१/८२ का लागि राजपत्रांकित श्रेणी वा सो सरहका ५९ अस्थायी दरबन्दी  स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले ५ देशका राजदूत फिर्ता गर्दै १८ देशमा राजदूत नियुक्ति सिफारिश गरिएको उनले बताए। सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिन सिफारिस गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.