केन्द्रीय सदस्यको नाम टुंगो लगाउन नेकपा एसले बनायो कार्यदल

केन्द्रीय सदस्यको नाम टुंगो लगाउन नेकपा एसले बनायो कार्यदल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको नाम टुंगो लगाउन कार्यदल गठन गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयकाबारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । 

कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले जानकारी दिए । केन्द्रीय कमिटीको बैठक साउन १८ गते बस्ने र सोही बैठकमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगको टुङ्गो लगाउने उनले बताए।

महाधिवेशन भएको लामो समय हुँदा पनि नेकपा एकीकृत समाजवादीले पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.