सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
फाइल तस्बिर।

धनगढी : सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री दीर्घबहादुर सोडारीले  आज विश्वासको मत लिने भएका छन् । गत बुधबार उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका थिए। विश्वासको मत प्रयोजनका लागि आज ४ बजे प्रदेशसभा बैठक बस्दैछ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरूलाई सूचना पनि पठाइसकेका छन् । 

असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए । उनले विश्वासको मत लिने अन्तिम दिन आज विश्वासको मत लिन लागेका हुन्।

सोडारी त्यतिबेला एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नाउपाका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री भएका थिए । तर, केन्द्रमा नयाँ गटबन्धन बनेसँगै एमालेले असारको २० गते उनलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना तीनजना मन्त्रीहरूलाई  पनि फिर्ता बोलाएको थियो ।


विश्वासको मत लिन लागेपनि सोडारीले पाउने सम्भावना भने छैन । अहिले कांग्रेस र एमालेको गठबन्धन भएकाले यी दुई दलको मात्रै बहुमत पुग्छ । अझ रेशम पक्षका नाउपाका सदस्यहरूले पनि नयाँ सरकारलाई समर्थन गर्ने संकेत देखाएका छन् । सुदूरपश्चिम प्रदेशसभामा २७  सिट बहुमत हो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.