शिक्षा क्षेत्रका विकृति समाधान गर्न नीतिगत व्यवस्था गर्छौं : मन्त्री भट्टराई

शिक्षा क्षेत्रका विकृति समाधान गर्न नीतिगत व्यवस्था गर्छौं : मन्त्री भट्टराई

पोखरा : शिक्षा ,विज्ञान तथा प्रविधी मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका विकृति समाधान गर्ने गरी नीतिगत व्यवस्था गर्न लागिएको बताएकी छन्। आइतबार जिल्ला समन्वय समिति कास्कीको सातौं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रस्तावित शिक्षा ऐनलाई परिमार्जनसहित जारी गर्ने संकेत गरेकी हुन्। 

उनले भनिन्,‘शिक्षामा हाम्रो होइन  राम्रो मान्छेले नेतृत्व गर्ने परिपाटी बसाल्छौं। हाम्रा विश्वविद्यालय सक्षम र सबल छ्न् भन्ने सन्देश निर्माणमा लागि पर्छौं।’

उनले शिक्षालाई राज्यको दायित्व हो भनेर कार्यान्वयन गर्ने वातावरण सिर्जनामा लाग्ने बताइन्। उनले विकास निर्माणलाई उत्कृष्ट बनाउन जिल्ला समन्वय समिति अति आवश्यक भएको  भन्दै आवश्यक ऐन ,कानुन, नीति निर्माणमा सरोकारवाला मन्त्रालयलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरिन्। मन्त्री भट्टराईले ऐनको प्रभावकारी कार्यान्वयनमार्फत समस्या समाधानमा केन्द्रित हुने धारणा राखिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.