सभापति देउवाले तोके ३७ विभाग प्रमुख, कुन विभागमा को ?
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभाग प्रमुख तोकेका छन्। सोमबार सभापति देउवाले कांग्रेसको विधान,२०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका हुन्।
जसमा राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई,स्थानीय तह समन्वय विभाग प्रमुखमा मधु आचार्य,अभिलेख,अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, संघीय मामिला विभागमा गोविन्दबहादुर शाह, कानुन विभागमा मानबहादुर नेपाली मनोनयन भएका छन्।
यसैगरी सभापति देउवाले विद्यार्थी विभागमा राजीव ढुंगाना, पेशागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौला, शिक्षा विभागमा नैनसिंह महर, स्वास्थ्य विभागमा डा.चन्द्रमोहन यादवलगायतलाई मनोनय गरेका हुन्।