पहिरोले घर पुरिँदा बालकको मृत्यु

पहिरोले घर पुरिँदा बालकको मृत्यु

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका-९ नयाँबस्तीमा पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ। वर्षासँगै मंगलबार दिउँसो घरमाथिबाट आएको पहिरोमा पुरिएर १४ वर्षीय विधान परियारको मृत्यु भएको वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए।

उनको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिँदै छ। सोमबार रातिदेखि बागलुङमा अविरल वर्षा भएको छ। वर्षासँगै सोमबार राति पहिरो जाँदा वडा नम्बर ९ मा २ भन्दा बढी घरहरू बगाएको र उद्धारमा कठिन भइरहेको वडाध्यक्ष केसीले बताए। 

बडिगाड गाउँपालिकाकै वडा नम्बर १० दर्लिङमा पहिरोले तीन घर पुरेको छ। वडाध्यक्ष विरेन्द्र बुढाका अनुसार क्वाल्जिङमा लालबहादुर परियारको घर बगाएको र परियारलाई घाइते अवस्थामा उद्धार गरिएको छ। भौगोलिक रूपमा निकै विकट भएकोले उद्धारमा कठिन भएको र इलाका प्रहरी कार्यालय भिमगिठे तथा बुर्तिवाङको टोली घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जानकारी दिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.