नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिकलाई फिर्ता पठाइयो

नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिकलाई फिर्ता पठाइयो
फाइल तस्बिर

विराटनगर : विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने एक जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो फिर्ता पठाइएको छ। 

भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्न खोज्ने बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले दिउँसो १:१५ बजेतिर फिर्ता पठाएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सरकार भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृतरूपमा नेपाल प्रवेश गर्न खोजेका थिए। उनका अनुसार इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट भारततर्फ नै फिर्ता पठाएको हो। 

यो पनि पढ्नुस् : बंगलादेश घटनापछि नेपालमा शरणार्थीहरू बढ्नसक्ने गृहको आँकलन

नाकामा चेकजाँच गर्ने क्रममा सरकारको साथबाट बंगलादेशको नागरिक रहेको परिचय पत्र भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। उनका अनुसार रानी नाका हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न खोजेको पहिलो घटना हो। 

‘बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यरनजर गर्दै नेपाल-भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। तालुक कार्यालयबाट पनि कडाइ गर्न निर्देशन भएको छ,’ एसपी कार्कीले भने, ‘गैरनागरिक नेपाल प्रवेश गर्न नपाउन् भनेर सीमामा कडाइ गरिएको छ। नेपाल र सशस्त्र प्रहरीसमेतका सुरक्षा निकायबीच समन्वय गरेर चेकजाँच तीव्र पारिएको छ।’ उनका अनुसार जोगवनी हुँदै नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई कडाइका साथ चेकजाँच गर्ने गरिएको छ। 

बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गर्न केन्द्रीय सुरक्षा समितिको बैठकले निर्देशन दिएको थियो। निर्देशनसँगै कडाइ गर्नका लागि नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.