नेपालीमुलका सूर्य बने टेक्सासका ‘उत्कृष्ट ४० मुनिका ४० रियल्टर’
टेक्सास (अमेरिका) : अमेरिकाको टेक्सासमा बस्दै आएका नेपालीमुलका सूर्य थापा टेक्सासका ‘उत्कृष्ट ४० मुनिका ४० रियल्टर’ मा परेका छन् । टेक्सास,रियल्टरहरूको आधिकारिक संस्था मेट्रोटेक्स एशोसियसन अफ रियलर्सले ४० वर्ष मुनिका ४० रियल्टरलाई दिने '४० अण्डर ४० अवार्ड २०२४' मा रियल्टर थापा पर्न सफल भएका हुन्
डल्लासमा रहेर रियल स्टेटमा सक्रिय थापा ४० अण्डर ४० अवार्ड २०२४ मा पर्न सफल भएको मेट्रोटेक्स एशोसियसन अफ रियलटर्सको हेडक्वाटर अर्भिगंमा भएको विशेष कार्यक्रममा जानकारी गराइएको थियो।
मेट्रोटेक्स एशोसियसन अफ रियलर्सका सीईओ जस्टिन लण्डन,मेट्रोटेक्स एशोसियसन अफ रियलर्सकी प्रेसिडेण्ट एस्ली गेन्ट्रीलगायतको उपस्थितीमा भएको पत्रकार सम्मेलन तथा घोषणा कार्यक्रममा थापा ४० अण्डर ४० अवार्ड २०२४' मा पर्न सफल भएको जानकारी गराइएको थियो। कार्यक्रममा गत वर्षका बिजेताको समेत उपस्थिती थियो ।
लामो समयसम्म पत्रकारिता क्षेत्रमा सक्रिय थापा विगत ३ वर्षदेखि रियल्टरको रुपमा डल्लास क्षेत्रमा कार्यरत छन् । वास्तु रियल्टरमा कार्यरत थापाले आफूलाई यस प्रकारको अवार्ड प्राप्त गर्दा कार्यप्रति थप हौसला प्राप्त भएको बताएका छन् ।
सदैव सेवाग्राहीको हितमा काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।