भलिबल खेलाडीलाई पुरस्कार सिफारिस, १४ जनाले ३/३ लाख रुपैयाँ पाउने

भलिबल खेलाडीलाई पुरस्कार सिफारिस, १४ जनाले ३/३ लाख रुपैयाँ पाउने
सुन्नुहोस्

प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपैयाँ पाउने छन्।

काठमाडौं : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिगको उपविजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई नगद पुरस्कार सिफारिस गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले उपविजेता खेलाडीलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सफारिस गरेको हो। राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको यही साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कारका लागि सिफारिस गरेको हो।

राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपैयाँ पाउने छन्। यस्तै मुख्य प्रशिक्षकले दुई लाख, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्।

साउन १७ गते देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो।

यस्तै सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनल पुगेको नेपाली टोली भारतसँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो। फाइनलमा नेपाल ३–२ सेटमा पराजित हुँदै उपाधिबाट विमुख भएको थियो। राउन्ड रोबिन लिगमा भने नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो।

यसअघि सन् २०१९ मा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल भारतसँगै पराजित भएको थियो। त्यतिबेला नेपाल ३–२ सेटमा स्तब्ध बनेको थियो। यसैगरी गत वर्ष नेपालमै आयोजना भएको काभा नेसन्स लिग र १९औं एसियाली खेलकुदमा पनि नेपाल भारतसँग पराजित भएको थियो।

नेपालमै भएको काभा नेसन्स लिगमा नेपाललाई भारतले ३–१ सेटले पराजित गरेको थियो। यस्तै चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा पनि नेपाल भारतसँग ३–१ सेटमै पराजित भएको थियो।  काभा वुमन्स नेसन्स लिगमा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्सको सहभागिता रहेको थियो।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.