ऋण तिर्नु हुँदैन भन्ने प्रचारका कारण बैंकलाई अप्ठ्यारो पर्‍यो : गभर्नर अधिकारी

ऋण तिर्नु हुँदैन भन्ने प्रचारका कारण बैंकलाई अप्ठ्यारो पर्‍यो : गभर्नर अधिकारी
सुन्नुहोस्

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पूर्ण बैंकिङ क्षेत्रलाई नकारात्मक असर पार्ने कामलाई बैङ्किङ्ग कसुर मान्नुपर्ने सुझाव दिएका थिए।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बैङ्किङ्ग कसुर तथा सजाय दोस्रो संशोधन विधेयकमाथि भएको छलफलमा क्रममा उनले बैंकिङ क्षेत्रलाई नकारात्मक रुपमा प्रचारबाजी गर्दा यस क्षेत्रमा धेरै समस्याहरू देखिने गरेको भन्दै यस क्षेत्रलाई नकारात्मक असर पार्ने कामलाई समेत बैङ्किङ्ग कसुर मान्नुपर्ने सुझाव दिएका हुन्।

केहि समयअघि ऋण तिर्नु हुँदैन भन्ने प्रचारका कारण बैंकलाई अप्ठ्यारो परेको देखिएको भन्दै यस कार्यको नियन्त्रण हुने गरि कानुन बन्नुपर्ने उनले बताए। अधिकारीले चेकअनादार विषय आफैमा फौजदारी अभियोग भएकाले बैंकिङ कसूरको रुपमा परिभाषित गरिरहनु नपर्ने धारणा राखे । त्यस्तै उनले अहिलेको अवस्थामा उक्त विधेयकलाई पुर्नलेखन गर्न समेत सुझाव दिए।

अधिकारीले बैंकिङ क्षेत्र असफल भए यसले सबै क्षेत्रमा ठूलो असर पार्ने भएकाले कानुनलाई समयसापेक्ष र बलियो बनाउनुपर्ने पनि बताए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.