सहकारीको रकम अपचलन : रास्वपा सहमहामन्त्री विपिनसँग छानबिन समितिले लियो बयान

सहकारीको रकम अपचलन : रास्वपा सहमहामन्त्री विपिनसँग छानबिन समितिले लियो बयान

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी रकम अपचलनमा मुछिएका रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यसँग बयान लिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सहकारी रकम अपचलन विषयमा आचार्यसँग बयान लिएको हो । 

आचार्य सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनमा मुछिएका छन् । सहकारीबाट २०७८ पुस १२ गते विपिन कुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको आरोप छ । 

समिति बयानका लागि हाजिर भएकाले दिएको बयानलाई सम्बन्धीत व्यक्तिको हस्ताक्षर सहित रेकर्डमा राखिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग छानविनका लागि निष्कर्षमा पुग्न सरोकारवाला निकाय लगाएत सहकारी ठगिमा मुछिएकाहरूलाई कारागारबाट झिकाएर पनि समितिले निरन्तर छलफल गरिरहेको छ ।

 null

छलफलका साथै प्रतिवेदनको मस्यौदा निर्माणको काम पनि निरन्तर भइरहको समिति संयोजक सूर्य थापाले जानकारी दिए । यसअघि सदनमा सहकारी प्रकरणमा छानविन गर्नुपर्ने आवाज उठेपछि गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो ।  


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.