'संवैधानिक निकायको नियमावली बनाउँदा कानुन मन्त्रालयले सहमति दिनुपर्ने प्रावधान राखौं'

'संवैधानिक निकायको नियमावली बनाउँदा कानुन मन्त्रालयले सहमति दिनुपर्ने प्रावधान राखौं'
सुन्नुहोस्

काठमाडौं : विज्ञहरूले संवैधानिक निकायको नियमावली बनाउँदा कानुन मन्त्रालयले सहमति दिनुपर्ने प्रावधान राख्न सुझाव दिएका छन्। सिंहदरबारमा आइतबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा उनीहरूले नियमावली बनाउने विषयलाई गम्भीरताका साथ छलफल गर्न समेत सुझाव दिएका हुन्।

बैठकमा कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले पराम्परागत रुपमा नै संवैधानिक आयोगले बनाउने नियममावलीमा कानुन मन्त्रालयले सहमति दिनुपर्ने सुझाव दिए।

नियमावलीका कारण नागरिकको हक अधिकार प्रभावित हुन सक्ने भएकाले यसमा गम्भीर रुपमा छलफल गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले जारी गर्ने अध्यादेश बाहेक अन्य निकायको नियमावली स्वीकृत मन्त्रिपरिषद्ले गर्नुपर्ने प्रावधानलाई पनि पुनर्विचार गर्नुपर्ने सुझाव दिए।

त्यस्तै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले नियमावलीहरू आफ्नो अनुकूल बनाउन पटके तवरले परिवर्तन गर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताए । उनले नियमावली बनाउँदा वा परिवर्तन गर्दा माथिल्लो निकायसँगको सहमति आवश्यक नपर्ने व्यवस्थाले सम्बन्धित संस्थालाई नै धरासायी बनाउन सक्ने धारणा राखे।

कानुन निर्माणको व्यवस्थालाई व्यवस्थित गर्ने गरी सरकारले विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८० असोजमा राष्ट्रियसभामा दर्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.