सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर हुनैपर्छ : शेखर कोइराला
काठमाडौं : नेपााली कांग्रेसका नेता डा. शेखर कोइरालले चिकित्सा शिक्षा क्षेत्रलाई सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिएका छन्। सुनकोशी–इन्द्रावती समाज,सिन्धुपाल्चोकले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले चिकित्सा शिक्षा पढ्नका लागि धेरै पैसा लाग्ने कारणले विद्यार्थी पढ्नबाट बञ्चित हुने गरेको भन्दै यसलाई सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिएका हुन् ।
यस्तै उनले स्वास्थ्य सेवा सरकारी अस्पतालमा महङ्गो हुँदै गएको उल्लेख गरे। स्वास्थ्य क्षेत्रलाई सबै नागरिकको सहज पहुँचमा पुराउनका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
उनले अहिले आफू राजनीतिज्ञ भएकाले राज्यले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काममा आफूले ध्यानाकर्षण गराउने धारणा राखे।
प्रतिक्रिया दिनुहोस !
५