मूर्ति सेलाउन गएका किशोरको नदीमा डुबेर मृत्यु
राजविराज : सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित त्रियुगा नदीमा डुबेर बुधबार एक किशोरको मृत्यु भएको छ । कृष्ण जन्माष्टमीको मूर्ति सेलाउन गएका सप्तकोशी नगरपालिका २ सत्यनारायण टोलका १८ वर्षीय रोमन धामीको नदीमा डुबेर मृत्यु भएको सप्तकोशी नगरपालिका -२ का वडा अध्यक्ष जाहिर हुसेनले जानकारी दिए ।
मूर्ति सेलाउन जाँदा डुबेका धामीलाई स्थानीयवासीले खोजतलास गर्दा एक घन्टापछि फेला पारेका थिए । उपचारका लागि सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा चिकित्सकहरूले धामीलाई मृत घोषणा गरेका हुन्।
दाहसंस्कारका लागि धामीको शव धरानबाट सप्तरी ल्याउन लागिएको छ ।