सामाजिक संस्थाहरूको व्यवस्थापनमा सुधार आवश्यकता छ : मन्त्री सुडी

सामाजिक संस्थाहरूको व्यवस्थापनमा सुधार आवश्यकता छ : मन्त्री सुडी
सुन्नुहोस्

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले विभिन्न प्रयोजनका लागि सामाजिक संस्थाहरूलाई आउने सहयोग र स्रोतको सहि परिचालन चुनौतिको रुपमा रहेको बताएका छन्। 

शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले विभिन्न सामाजिक संस्थाहरूले विभिन्न शीर्षकमा सहयोग भित्राइरहेको अवस्थामा उक्त सहयोगको सहि परिचालन चुनौतिको रुपमा देखिएको बताएका छन्। 

राज्यलाई सहायता गर्ने सबै निकायलाई प्रभावकारी बनाउनु अहिलेको आवश्यता रहेको उनले बताए । सामाजिक संस्थाहरूको व्यवस्थापनमा केहि सुधारको आवश्यता देखिएको भन्दै उनले समाज कल्याण परिषद्बाट संस्थाहरूलाई अधिकतम सहजीकरण गर्नेगरी समस्या हल गर्ने नीति लिएको उल्लेख गरे।

त्यस्तै मन्त्री सुडीले राज्यको प्राथमिकताका आधारमा योजना छनौट गरि प्रभावकारी कार्यान्वयनका लागि निरन्तर संस्थाहरूको नियमन गरिने बताए। उनले संघीय मर्म अनुरुपको एकीकृत समाजिक सेवा ऐन ल्याई सामाजिक संस्थाहरूबाट हुने सेवा प्रवाहलाई पारदर्शी रुपमा राज्यसँग जोड्ने तयारी भइरहेको जिकिर गरे।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.