कोशीमा माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

कोशीमा माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
सुन्नुहोस्

विराटनगर : नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको प्रदेश संसदीय दलको बैठकपछि शुक्रबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। 

समर्थन कायमै राखेर माओवादी गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो। सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिएको छ। 

माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादी केन्द्रले दल र सांसदको तर्फबाट समर्थन फिर्ता लिएको बताए। एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की माओवादीकै समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका थिए। केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस र एमालेको गठबन्धन बनेर माओवादी प्रतिपक्षमा पुगेको छ। 

प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गरिसकेको छ। कांग्रेसले पनि सरकारलाई समर्थन गरेको पत्र दर्ता गरेको जानकारी उनले दिए। तर, आन्तरिक भागबन्डाको किचलोमा फसेको कांग्रेस भने हालसम्म प्रदेश सरकारमा सहभागी भएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.